काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ ।
सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका हुन् ।
यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।
दीक्षित हुने विद्यार्थी गाउनमा सजिएर अभिभावकसँगै समारोहस्थलमा आएका थिए । विद्यार्थी, अभिभावकको भीडभाडले त्यसक्षेत्रको ट्राफिक व्यवस्था भने प्रभावित भएको थियो ।
गत वर्षहरूमा पनि त्रिविले ६० देखि ७० हजारको हाराहारीमा वार्षिक रूपमा विद्यार्थी दीक्षित गर्दै आएको छ ।
Leave a Reply