Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • विरोधी शक्तिहरू सरकारविरुद्ध लागि परेका छन् : प्रधानमन्त्री प्रचण्ड

    विरोधी शक्तिहरू सरकारविरुद्ध लागि परेका छन् : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 480
    SHARES

    ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरूले नकारात्मक भाष्य निर्माण गरेर भ्रम छर्ने काम गरेको बताएका छन् ।

    ललितपुरको महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘परिवर्तनका विरोधी शक्तिहरूले खाली नकारात्मक भाष्य सिर्जना गरी भ्रम छरेका छन् । त्यसकै लहैलहैमा परिर्वतनका पक्षधर पनि लागेको देख्दा मलाई दुःख लागेको छ । गलत सोचको फेसन बसेपछि जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन हुँदो रहेनछ । सरकारले कामै नगरेको हो र ? विरोधीहरूकै लहैलहैमा लागेर परिर्वतनका पक्षधर पनि केही नै भएको छैन । देश बस्न लायक छैन भन्दा दुःख लाग्छ ।’



    उनले नकारात्मक सोच अन्त्य गरी सकारात्मक सोच राख्न आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले रोजगारीका लागि बिदेसिनेको सङ्ख्या वृद्धि भएको आंशिक सत्य भएपनि विरोधीले भ्रम छरेको जस्तो नेपालमा अवसर नपाएर गएको भन्ने कुरा असत्य भएको उनले जिकिर गरे ।

    जादु गरेर सबैलाई १० लाखको जागिर दिने हैसियत सरकारको नभएको भन्दै उनले नेपालमै बस्ने वातावरण, उत्पादनको सिर्जना हुँदाहुँदै अवैधानिक तरिकाले दुःखबो बाटो रोजेर बिदेसिएकोमा आक्रोश पोखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार