Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कोरोनाको सबभेरिएन्टबाट सजग रहन डब्लूएचओको अनुरोध

    कोरोनाको सबभेरिएन्टबाट सजग रहन डब्लूएचओको अनुरोध

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन आग्रह गरेको छ ।

    डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो अपिल गरेको हो ।



    डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको दाबी गरेको छ । यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न डब्ल्यूएचओको आग्रह छ ।



    अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरियन्ट जेएन १ बाट भएको डब्लूएचओले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार