एजेन्सी । उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
सियोल र वासिङ्टनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला यो प्रक्षेपण गरिएको हो ।
उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो। उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।
Leave a Reply