Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रातारात सारिएको प्रहरी अस्पताल बेलबारीमै फिर्ता ल्याउन प्रधानमन्त्रीलाई ज्ञापन

    रातारात सारिएको प्रहरी अस्पताल बेलबारीमै फिर्ता ल्याउन प्रधानमन्त्रीलाई ज्ञापन

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 945
    SHARES

    विराटनगर । मोरङको बेलबारीबाट रातारात सारिएको प्रदेश प्रहरी अस्पताल फिर्ता गराइदिन स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

    आइतबार मन्त्रीसहित प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको टोलीले प्रदेश प्रहरी अस्पताल बेलबारीमै सार्नका लागि माग गरेका हुन् ।



    राष्ट्रियसभा सदस्य बिना पोखरेल, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना,बेलबारीका मेयर दीलप्रसाद राई, उपमेयर नितु कोइरालालगायतको टोली प्रधानमन्त्रीलाई भेट्न पुगेको थियो ।



    ०७९ गत फागुन १० गते मोरङको बेलबारीमा अस्पताल सञ्चालन भएको थियो । तर, मंसिर २६ गते मध्यरातमा अस्पतालका सरसामान सुनसरीको इनरुवा सारिएको थियो ।

    कोशी प्रदेश सभा सदस्य गीत तिम्सिनाले आफूहरूले प्रहरी अस्पताललाई फेरि बेलबारीमै ल्याइदिन माग गरेको जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार