Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

    दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडाैँ । सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।

    शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् ।



    उनीहरुले सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उहाँहरु जुगल आएका वडा नं ५ का वडाध्यक्ष सनत अधिकारीले बताए।



    धेरै मानिससँग भेटघाट गरेको पाइएकोले हाल दुई शिक्षकमध्ये एक जना टेकुको प्रयोगशालामा उपचाररत छन् भने एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब कन्ट्रयाक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार