Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • माल्टा पठाईदिन्छु भन्दै ३ लाख ठगी गर्ने पोसाक मैपीबाट पक्राउ

    माल्टा पठाईदिन्छु भन्दै ३ लाख ठगी गर्ने पोसाक मैपीबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 954
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको तामाकोशी लिखु गाँउपालिका-२ स्थाई घर भई हाल काठमाडौं माहानगरपलिका-२६ मैपी बस्ने पोसाक सुनुवार रहेका छन् ।



    सुनुवारले वैदेशिक रोजगारीको लागि माल्टा पठाई दिने भन्दै टेक बहादुर गुरुङसंग ३ लाख ३३ हजार रुपैयाँ ठगी गरेर फरार भएका थिए ।



    सुनुवारले माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने र मासिक १ लाख कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सुनुवारले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सुनुवारलाई आज मैपीबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका सुनुवारलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार