Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • विभागमा सेटिङ गरी रुस पठाउने म्यानपावर कम्पनी प्रहरी निगरानीमा

    विभागमा सेटिङ गरी रुस पठाउने म्यानपावर कम्पनी प्रहरी निगरानीमा

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 774
    SHARES

    काठमाडौं । युक्रेनबिरुद्ध युद्ध लड्न रुसी सेनामा नेपाली युवाहरु पठाउनेमा शैक्षिक परामर्शदाता मात्र होइन, म्यानपावर कम्पनी पनि संलग्न रहेको खुलेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार म्यानपावरले हाइड्रोपावर लगायतका कम्पनीमा काम गर्ने डिमाण्ड बनाएर रुसी सेनामा नेपाली युवाहरुलाई पठाएका छन् ।



    रुसमा कतिपय अध्ययनका लागि भनेर पनि पठाइएका छन् । ५ लाखदेखि ११ लाख रुपैयाँसम्म लिएर रुसी सेनामा नेपालीलाई पठाइएको स्रोत बताउँछ । युद्धमा नेपाली मारिएको र केहीलाई युक्रेनको सेनाले बन्दी बनाएपछि रुसी सेनामा नेपालीलाई भर्ना गरिएको खुलासा भएको हो ।



    फ्रन्टलाइन म्यानपावरका सुरज केसीले रुसी सेनामा ५ सयभन्दा बढी नेपाली पठाइसकेको बैद्ेशिक रोजगार विभाग सम्बन्द्ध स्रोतको भनाई छ । उक्त म्यानपावरले ५ देखि ११ लाख रुपैयाँसम्म लिएर नेपालीलाई हाइड्रोपावरदेखि विभिन्न कम्पनीका नाममा पठाएको स्रोत बताउँछ ।

    रुसकै नागरिकले फेक डिमान्ड लेटर पठाएको र त्यसकै आधारमा बैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएपछि नेपालीलाई युक्रेनबिरुद्ध लड्नका लागि रुसी सेनामा पठाउने धन्दा चल्दै आएको छ ।

    युक्रेनसँग युद्ध हुनुअघि रुसमा नेपाली कामदार जाने गरेकै थिएनन् । तर युक्रेनसँगको युद्धपछि रुसमा सयौं कामदार कसरी जान थाले ? बैदेशिक रोजगार कार्यालय काठमाडौंका अधिकृत कन्हैयाकुमार मिश्रले रुसी सेनामै भर्नाका लागि जान लागेको थाहा पाएरै प्रतिब्यक्ति ५० हजार रुपैयाँसम्म घुस लिएर श्रम स्वीकृति दिएको आरोप छ ।

    बैदेशिक रोजगार कार्यालयका अधिकृत मिश्रले श्रम मन्त्री शरदसिंह भण्डारीको संरक्षणमा फ्रन्टलाइन म्यानपावरलाई रुस पठाउने श्रम स्वीकृति दिएका हुन् । फ्रन्टलाइनका सुरज केसीले अधिकृत मिश्रसँग मिलेर ब्यक्तिगत श्रम स्वीकृतिमा समेत रुसमा नेपालीलाई पठाएको आरोप छ ।

    यद्यपी अनलाइन नेपालसँग कुरा गर्दै उनले रुसमा त्यसरी नेपाली कामदार नपठाएको दावी गरे । उनले उल्टै तपाईसँग सूचना छ भने दिनु भन्दै थप प्रतिकृया दिन मानेनन् ।

    बैदेशिक रोजगार कार्यालय काठमाडौंबाट कसले कति नेपाली रुसमा पठाए, सबै खुल्ने भए पनि प्रहरीले फ्रन्टलाइन म्यानपावरका केसीलाई छुन सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने–‘धेरै म्यानपावर कम्पनीहरु निगरानीमा छन्, रुसमा त्यसरी नेपाली कामदार पठाएको खुल्नासाथ तुरुन्तै पक्राउ गरी कारबाही प्रकृया थालिनेछ ।’

    शैक्षिक परामर्शदाता कम्पनी चलाउने १२ जनालाई पक्राउ गर्दा पनि फ्रन्टलाइन जस्ता म्मानपावर कम्पनीहरु अहिलेसम्म पनि राजनीतिक पहुँचका कारण प्रहरीको कारबाहीबाट जोगिएका छन् ।

    रुसी सेनामा भर्ती गर्न नेपालबाट मात्र होइन, दिल्लीबाट समेत लगिएको छ । रुस पुर्याउने भनेर नेपालबाट लगिएका केही युवाहरू अझै पनि दिल्लीका केही होटलहरूमा राखिएको स्रोतले बताएको छ ।

    रुसमा नेपाली कामदार पठाउने म्यानपावरहरुमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि छुट्टै अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार