दाङ । टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्त न्याय नपाएको भन्दै आन्दोलित भएका छन्
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले रा २ प५५८९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङेका विशालजिसी र प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङका सागर केसीको मृत्यु भएको थियो ।
उनीहरू घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलित भएका छन् । केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।
टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका परिवार र आफन्त न्याय नपाएको भन्दै आन्दोलित भएका छन् ।
उनीहरू घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलित भएका छन् ।
दुर्घटनामा घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्परचालक रोल्पाको रुन्टीगढी-९ का २६ वर्षीय ईश्वर बूढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Leave a Reply