एजेन्सी । लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर बेपत्ता भएका छन् ।
८६ जना आप्रवासी बोकेर लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराइरहेका हुन् ।
भूमध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो ।
आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा दुई हजार दुई सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् ।
Leave a Reply