काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेश स्थाननजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । हत्यापछि सुटकेशमा फालिएको शवको अनुसन्धानमा प्रहरीले तीव्रता दिएको छ।
अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरूषको आज (आईतवार) विहान विभत्स अवस्थामा टाउको र खुट्टा बिनाको शव भेटिएको फेला परेको हो।
सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले वताए।
‘आधा शरीर सुडकेसमा भेटियो, खुट्टा र टाउको अर्को झोलामा भेटियो’, काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीले भने, ‘तालिम प्राप्त कुकुरले टाउको र झोला भेटायो,अनुसन्धान गर्दैछौ ।’
टोखा १० स्थित नवज्योती मार्गको सडक खण्डको छेउमा कालो सुटकेस भित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा शव फेला परेको थियो ।
घटनास्थलमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ भने घटनास्थलमा तालिम प्राप्त कुुकुरको पनि प्रयोग गरिएको छ ।
सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
Leave a Reply