Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • उपत्यकामा आजबाट अत्यावश्यकबाहेकको सेवा बन्द

    उपत्यकामा आजबाट अत्यावश्यकबाहेकको सेवा बन्द

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् ।

    कोरोना संक्रमण फैलन नदिन गृह मन्त्रालयको निर्देशनमा उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् ।



    पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्को निर्णय हुने गृह मन्त्रालयले जनाएको  छ ।



    नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ ।

    शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।

    अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

    उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० भन्दा बढीको संख्यामा उपत्यकामा कोरोना देखिँदै आएको छ ।

    देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । बिहीबार ५, शुक्रबार ५ र शनिबार मात्र ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।आजमात्र पाेखरामा एक कोरोना संक्रमितको मृत्यु भएकाे छ। पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत ६२ वर्षिय पुरुषको मृत्यु भएको हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार