काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आज ललितपुर सिटी र झापा एफसी खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ बजेदेखि हुने छ ।
आजको खेलमा जित निकाले ललितपुर प्रतियोगताको शीर्ष स्थानमा उक्लिने छ । यस्तै, झापाले जित निकाले टोली तालिकाको शीर्ष चारमा प्रवेश गर्ने छ ।
प्रतियोगितामा ललितपुरको यो छैटौँ खेल हो । दोस्रो स्थानको ललितपुरले दुई जित र तीन बराबरीसहित नौ अंक जोडेको छ । ललितपुर शीर्ष स्थानको धनगढी एफसीभन्दा दुई अंकले पछि छ ।
पाँच खेलबाट ६ अंक जोडेको झापा भने तालिकाको छैटौँ स्थानमा छ । हालसम्म प्रतियोगितामा झापाले एक खेलमा मात्र जित निकालेको छ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।
Leave a Reply