Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चितवनलाई हराउँदै नेपाल सुपर लिगको शीर्ष स्थानमा धनगढी

    चितवनलाई हराउँदै नेपाल सुपर लिगको शीर्ष स्थानमा धनगढी

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । एफसी चितवनलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ । बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालमा भएको खेलमा धनगढीले चितवनलाई १–० गोलले पराजित गरेको हो ।

    धनगढीका अफिज ओलावालेले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चितवनले खेलको पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीको अवसर पाए पनि विमल घर्तीमगरले गोल गर्न सकेनन् ।



    विमलले राइट साइडमा गरेको प्रहारलाई धनगढीका गोलकिपर टेकेन्द्र थापाले विफल बनाएका थिए ।



    यो जितसँगै शीर्ष स्थानमा रहेको धनगढीले ५ खेलमा ११ अङ्क जोडेको छ । चितवन ६ खेलमा ५ अङ्कसहित तालिकाको ७ औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार