Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौं महानगरमा सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनका लागि ५० नगर प्रहरी परिचालन

    काठमाडौं महानगरमा सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनका लागि ५० नगर प्रहरी परिचालन

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

    यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।



    काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ ।



    बुधबार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार