Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रातको समयमा चोरी गर्ने ६ जना प्रहरी फन्दामा

    रातको समयमा चोरी गर्ने ६ जना प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । रातको समयमा काठमाडौंका विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । विभिन्न मिति र स्थानबाट मंगलबार प्रहरीले तीनजना भारतीय र तीनजना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा बस्नेहरू भारतको बैसालीका १८ वर्षीय किशोर, मोतीहारीका १९ वर्षीय किसन गिरी, विहारका २१ वर्षीय कृष्ण पोदार छन् ।



    त्यस्तै, काठमाडौंको नागार्जुन नगरपालिका–६, सीतापाइला बस्ने ३० वर्षीय विक्रम गर्तौला, झापाको बाहुनडाँगी नगरपालिका–८ का २९ वर्षीय रमेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा नगरपालिका–९ का ३३ वर्षीय डिल्लीराम विश्वकर्मा पक्राउ परेका छन् ।



    उनीहरूमध्ये विक्रम, रमेश र डिल्लीराम सुन पसले हुन् । गत असार १५ गते काठमाडौको शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट र कात्तिक ५ गते विजयचोकस्थित बालकृष्ण श्रेष्ठको कोठाबाट सामान चोरी भएको थियो ।

    १३ लाख ५८ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    उनीहरूबाट सुनको पोतेसहित नौगेडी तीन थान, सुनको मंगलसुत्र तीन थान, सुनको औठी तीन थान, सुनको तिलहरी दुई थान र सुनको झुम्का दुई जोर बरामद भएको बताइएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत गौशला पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार