Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल सुपर लिग : तनावपूर्ण खेलमा वीरगन्जको पहिलो जित, इलाम पराजित

    नेपाल सुपर लिग : तनावपूर्ण खेलमा वीरगन्जको पहिलो जित, इलाम पराजित

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 876
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसल) मा वीरगञ्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ । बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा निकै तनावपूर्ण बनेको खेलमा वीरगञ्जले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोलले पराजित गरेको हो ।

    इन्ज्युरी समयको आठौँ मिनेटमा गरेको पेनाल्टी गोलमा वीरगञ्ज विजयी भएको हो । खेलको पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा आशिष चापागाईँको गोलमा इलामले अग्रता लिएको थियो ।



    खेलको ३३ औँ मिनेटमा वीरगञ्जका भिसोन गुरुङले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयको आठौँ मिनेटमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताए ।



    यो जितसँगै वीरगञ्जले पाँच खेलमा पाँच अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ । इलाम छ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार