Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • वर्तमान सरकार कुहिएको फल हो, कसैले झारेन भने पनि आफैँ झर्छ : केपी ओली

    वर्तमान सरकार कुहिएको फल हो, कसैले झारेन भने पनि आफैँ झर्छ : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 855
    SHARES

    भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् ।

    पार्टीको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्राका क्रममा बुधवार भोजपुरमा भएको कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन् ।



    उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार नटिक्ने ठोकुवा गरे ।



    ‘यो सरकार धेरै समय टिक्नेवाला छैन । सरकार कथम कदाचित टिके देशलाई दुर्भाग्य हुन्छ,’ उनले भने, ‘यो सरकार कुहिएको फलजस्तो भएको छ । यसलाई कसैले झारेन भने पनि आफैँ झर्छ ।’

    पूर्वप्रधानमन्त्रीसमेत रहेका गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागिपरेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार