Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बाराको सिम्रौनगढमा प्रहरीले चलायो गोली, एक जना घाइते

    बाराको सिम्रौनगढमा प्रहरीले चलायो गोली, एक जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गोली चलेको छ ।

    बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली चलाएको हो।



    प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । घाइते प्रहरीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ।



    सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले विपक्षीले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो।

    विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको हो ।

    झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार