Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीले भने – रामको जन्मभूमि माडी नै हो, भब्य मन्दिर बन्छ

    प्रधानमन्त्री ओलीले भने – रामको जन्मभूमि माडी नै हो, भब्य मन्दिर बन्छ

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको  जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दोहोर्याएका छन्।

    प्रधानमन्त्री  ओलीले अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।



    माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग शनिबार साँझ बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउन निर्देशन दिएका हुन ।



    जनप्रतिनिधिहरुलाई प्रधानमन्त्री ओलीले विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिएका थिए । शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने प्रधानमन्त्रीको तर्क थियो।

    प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाब दिएका छन् ।

    भेटमा जनप्रतिनिधिहरुले भने राष्ट्रिय निकुञ्जका समस्या र दुईहप्ता अघि जलेको चेपाङको घर र उनीहरुको बसोबासको समस्याबारे पनि गुनासो गरेका थिए । माडीका मेयर ठाकुरप्रसाद ढकालले पहिला राम मन्दिर बनाउँदा चेपाङहरुको घर बनेन भन्ने खबर जाने हुँदा चेपाङहरुको घर बनेपछि मात्र मन्दिर बनाउनु पर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिएका थिए। ।

    प्रधानमन्त्री ओलीले यसबारेमा अध्ययन गरिरहेको वताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार