काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् ।
गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए ।
यसैबीच सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।
Leave a Reply