Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना

    ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जन्मदिनको शुभकामना दिएका छन् ।

    उनले मंगलबार राति सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका हुन् ।



    एमालेको संकल्प यात्रा अन्तरगत मंगलबार खोटाङको दिक्तेल पुगेका ओलीले प्रचण्डलाई फोन गरेर जन्मदिनको शुभकामना दिएको जानकारी गराए ।



    ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !,’ ओलीले फेसबुकमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार