काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान पुनर्संरचना गर्ने निर्णय गरेको छ।
सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनर्संरचना गर्ने विषयमा छलफल भएको हो ।
‘हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियौं। जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनर्संरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल गर्यौं,’ पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने ।
बैठकमा आगामी अधिवेशनमा संसद र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उनले बताए ।
त्यस्तै सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको उनले बताए ।
Leave a Reply