काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले काठमाडौं रेजर्समाथि पुनरागमन जित निकालेको छ । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखरा काठमाडौंसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
खेलमा पोखराले शुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५७ औँ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।
तर खेलको ८२ औँ मिनेटमा काठमाडौंका जुनियर एनकेनगेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा काठमाडौंका जोकिर शोख्रुखले गोल गर्दै टोलीलाई २–१ ले जिताए ।
यो जितसँगै काठमाण्डौ ५ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरा उति नै खेलमा ८ अङ्क भए पनि गोल अन्तरका आधारमा चौथो स्थानमा छ । लिगमा मंगलबार एफसी बुटवल लुम्बिनी र झापा एफसी भिड्नेछन्।
Leave a Reply