Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राजा-महाराजा फर्काउने प्रयास सफल हुँदैन, समस्याहरू यही व्यवस्थाबाट हल हुन्छन् : प्रधानमन्त्री

    राजा-महाराजा फर्काउने प्रयास सफल हुँदैन, समस्याहरू यही व्यवस्थाबाट हल हुन्छन् : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 729
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले इतिहासमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउँदै नेपाली समाजमा देखिएका समस्याहरू यही व्यवस्थाबाट हल हुने ठोकुवा गरे । उनले कतिपय विक्षिप्त शक्तिहरू व्यवस्थाविरुद्ध भ्रम छर्न र बदनाम गर्न लागिपरेका आरोप लगाए ।



    उनले भने, ‘कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजाहरू ल्याउने कुरा गरिरहेका छन्। तर लोकतान्त्रिक गणतन्त्रको विकल्प हिजोको सामन्ती निरंकुशतन्त्र कदापी हुन सक्दैन । पछिल्लो समयमा अराजकता मच्चाउन खोजे पनि वितण्डा मच्चाउन खोज्नेहरु असफल बनेका छन् ।’



    यस्तै उनले सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तराष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार