Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – एनसेल प्रकरणमा अतिवादीले भ्रामक प्रचार गरे, प्रतिवाद गर्नुस्

    प्रधानमन्त्री प्रचण्डले भने – एनसेल प्रकरणमा अतिवादीले भ्रामक प्रचार गरे, प्रतिवाद गर्नुस्

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल प्रकरणमा अतिवादीहरुले भ्रामक प्रचार गरेको आरोप लगाएका छन् ।

    प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि व्यक्त गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुने । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । तर अतिवादीहरूबाट दुस्प्रचार र घटिया रुपमा प्रचार गरियो । तपाईँ कल्पना गनोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’

    अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उनीहरूले व्यवस्था, प्ररिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गरे।

    युद्धबाट शन्तिमा आउँदा प्रेसको भूमिका अझै बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्राप्त उपलब्धिको रक्षाका लागि सकारात्मक भूमिका खेल्नुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार