काठमाडौं । संसद सचिवालयका महासचिव भरत गौतमले राजीनामा दिएका छन्।
महासचिव गौतमले पदावधि ८ महिना बाँकी छदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा दिनुको कारण खुलेको छैन। उनको राजीनामा आएसँगै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए ।
उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।
Leave a Reply