एजेन्सी । रंगशालामा समर्थकको मृत्यु भएपछि रोकिएको ग्रानाडा र एथ्लेटिक बिलबाओबिचको खेल सोमबार पुनः खेलाइने भएको छ ।
आइतबार ग्रानाडाको घरेलु मैदान नुएभो लोस कार्मेनेस स्टेडियममा भएको खेलमा समर्थकको निधन भएको थियो ।
ग्रानाडाका समर्थकलाई हृदयाघात भएपछि खेल १७ मिनेटपछि रोकिएको थियो । एक घण्टापछि खेल नै रद्द गर्ने निर्णय गरिएको थियो ।
ला लिगाले खेल १७ मिनेटपछि देखि नै सुरु हुनेछ । खेलमा इकानी विलियिम्सले गोल गर्दै एथ्लेटिकलाई १–० को अग्रता दिलाएका थिए ।
आइतबारको खेलका लागि टिकट खरिद गरेका समर्थकहरूलाई मैदानमा प्रवेश गर्न दिइने बताइएको छ ।
Leave a Reply