काठमाडौं । एफसी चितवनविरुद्ध ३–१ को जित निकाल्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन पापा आइबेउ केबेले दुई र विवेक पौडेलले एक गोल गरे ।
चितवनका रफिक एमिनुले एक गोल फर्काएका थिए । यो जितसँगै ललितपुरले ५ खेलमा ९ अङ्क जोडेको छ ।
चितवन ५ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । लिगमा भोलि सोमबार पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्नेछन्।
Leave a Reply