काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी क्लबसँग साविक विजेता काठमाडौं रेजर्स पराजित भएको छ ।
दशरथ रङ्गशालमा भएको खेलमा बुटवल लुम्बिनीले काठमाडौंलाई २–१ गोलले पराजित गरेको हो । बुटवल लुम्बिनीको जितमा स्टेफेन बिनोङ र एरिक विष्टले गोल गरे ।
काठमाडौंका लागि राजीव लोप्चनले एक गोल फर्काए । जितसँगै बुटवल लुम्बिनी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यस्तै, आज भएको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलामले बराबरी खेलेका छन् । लिगमा आइतबार एफसी चितवन र ललितपुर सिटी एफसी भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।
Leave a Reply