एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीवार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन् ।
नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमासबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।
दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरूबारे छलफल केन्द्रित गर्ने बताइएको छ ।
राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष जोड दिएका छन् । उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन् ।
Leave a Reply