Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • गाजा युद्धमा इजरायली मन्त्रीका छोरा मारिए, प्रधानमन्त्री बेन्जामिन भने – ‘साँच्चिकैको हिरो’

    गाजा युद्धमा इजरायली मन्त्रीका छोरा मारिए, प्रधानमन्त्री बेन्जामिन भने – ‘साँच्चिकैको हिरो’

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको मृत्यु भएको छ ।

    पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका हुन् ।



    उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ ।



    विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ ।

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुःख व्यक्त गर्दै इसेनकोट ‘साँच्चिकैको हिरो’ भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार