काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले रोमाञ्चक बराबरी खेलेका छन् ।
आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा चितवन र बुटवलले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । दुवै गोल दोस्रो हाफमा भएको हो । खेलको ४८ औँ मिनेटमा उत्सव राईले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर खेलको ९० औँ मिनेटमा बुटवलका स्टेफाने बिनोङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
यो बराबरीसँगै चितवन ४ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । बुटवल उति नै खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ ।
एनएसएलमा भोलि शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीबीच खेल हुनेछ ।
Leave a Reply