Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रुपेश हत्याकाण्डः परिवारको दोहोरो चरित्र, घटनाको वास्तविकता बाहिर ल्याउन नदिन चलखेल

    रुपेश हत्याकाण्डः परिवारको दोहोरो चरित्र, घटनाको वास्तविकता बाहिर ल्याउन नदिन चलखेल

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 3.4K
    SHARES

    बारा । गत कात्तिक १३ गते अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका कलैया उपमहानगरपालिका–६ का ‘गुड्डु’ भनिने रुपेश सर्राफको परिवारले दोहोरो चरित्र देखाएका छन् ।

    बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक समेत रहेका हत्या गरिएका सरार्फका परिवारले घटनाको वास्तविक कारण बाहिर आउन नदिनका लागि एकातर्फ हत्यारा पक्राउ गर्न प्रदर्शन गराइरहेका छन्भने अर्कोतर्फ पक्राउ परेकालाई छोड्न प्रहरीलाई बिभिन्न खाले दबाव र असहयोग गरेर दोहोरो चरित्र देखाएको बारा प्रहरीको भनाइ छ ।



    प्रहरीले रुपेशको हत्या आरोपमा पक्राउ परेकी राधा गुप्ता, रियाज र फरार रहेका मनोज गुप्ताबीच पटक-पटक सामाजिक सन्जालको माध्यमले एक अर्कालाई पठाएको ७० हजार वटा म्यासेजलाई प्रहरीले गरिरहेको अध्ययनले रुपेशको राधासँग रहेको अनैतिक सम्बन्धका कारण नै मनोजले रुपेशको हत्या गराएको देखिएको अनुसन्धानमा खटिएको प्रहरीले दाबी गरेका छन् ।



    रुपेशको परिवारले एकातर्फ हत्यारा पक्राउ गर्न कलैयामा दैनिक रुपमै प्रदर्शन गराइरहेका छन् भने अर्कोतर्फ अनुसन्धानको मोबाइलको फरेन्सिक रिपोर्टको अधारमा घटनामा दोषी देखिएर पक्राउ परेकाहरुलाई निर्दोष रहेका छन् भनी उनीहरुलाई छोडाउन बिभिन्न खाले दबाब दिइरहेका छन् ।

    रुपेशको परिवारले प्रहरीको अनुसन्धानलाई नै प्रभावित बनाउन खोजेका छन् ।

    हत्यामा संलग्न रहेकालाई पक्राउको माग गर्दै बुधबार पनि कलैयामा सर्राफका आफन्तहरुले प्रदर्शन गरेका छन् ।

    हत्या गरिएका रुपेशका दाजु सुबोध सर्राफले बाराका एसपी र सीडीओेले गरेको अनुसन्धानमाथि आफूहरुलाई बिश्वास नरहेको र अहिलेसम्म निर्दोष व्यक्तिहरुलाई मात्रै पक्राउ गरिएको दाबी गर्दै आएका छन् ।

    यता बाराका एसपी  सुरेश काफ्लेले रुपेशको हत्याको अनुसन्धानमा परिवारबाट नै असहयोग भएको बताएका छन् ।

    रुपेशमाथि गोली प्रहार गर्ने मनोज गुप्ताले पहिला पटक -पटक आक्रमण गर्दा प्रहरीलाई जानकारी नगराइएको, रुपेशको हत्या गरेर अपराधीहरु बाल एकता बोर्डिङ स्कुल अगाडिको बाटो प्रयोग गरेर भाग्दा पनि त्यस दिनको सिसिटिभी भिडियो माग्दा जस्ताको तस्तै उपलब्ध नगराएर भिडियोलाई काटेर ढिलो उपलब्ध गराइएको थियो।

    सिसिटिभी भिडियोहरु ढिलो र काटेर  उपलब्ध गराउँदा त्यस दिन सुटरहरु भाग्न सफल भए ।

    परिवारले किटानी जाहेरी दिंदा समेत कसैको नाम र बिगतमा भएको मनोज र रुपेशबीचको झडपलाई उल्लेख नै नगरी दिएको प्रहरीलाई घटनाको अनुसन्धानबाट परिवारले मोड्न खोजेको बारा प्रहरी स्रोतको भनाइ छ ।

    अहिले पनि घटनामा संलग्न रहेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा पक्राउ परेकाहरु निर्दोष रहेको भन्दै उनीहरुलाई छुटाउन बिभिन्न खाले दबाब दिएर परिवारले अनुसन्धानलाई नै प्रभावित पर्ने काम गरिरहेको प्रहरी स्रोत वताउँछ ।

    रुपेशलाई गोली हान्नु भन्दा केही दिनपहिला पक्राउ परेकी राधा गुप्ताको मोबाइलमा घटनाका मुख्य योजनाकार रहेका मनोज गुप्ताले म्यासेज पठाएर एक दुई दिनमै रुपेशलाई मार्नेछु, त्यो कुरा गएर रुपेशलाई भनिदेऊ भनी मनोजले राधालाई पठाएको म्यासेजको फरेन्सिक रिपोर्ट प्राप्त हुँदा समेत परिवारले रुपेश र राधाबीचको अनैतिक सम्बन्धलाई स्वीकार्न नसकी अनुसन्धानलाई नै प्रभावित बनाउने कार्य गरेको प्रहरी स्रोतले बतायो ।

    कात्तिक १५ गते सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई बारा प्रहरील सार्वजनिक गरेको थियो ।
    सार्वजनिक गरिएकोमा राधा गुप्ता, चन्द यादव, अभिनफकुमार सिह, जवेल अख्तर, रियाज अन्सारी गरी ५ जना रहेको पत्रकार सम्मेलनमा बाराका एसपी सुरेश काफ्लेले बताएका थिए ।

    प्रहरी नियन्त्रणमा रहेकी राधा गुप्तासँग रुपेशले अनैतिक सम्बन्ध राख्दा सरार्फको हत्या राधाका अर्का प्रेमी भारत छौडादानव निवासी मनोज गुप्ताले गराएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

    राधा गुप्ता तीन बर्षदेखि भारत बिहार छौडादानव निवासी मनोज गुप्तासँगको प्रेममा रहेकी र पछि बाल एकता बोर्डिङ स्कुलमा काम गर्न सुरु गरेपछि सरार्फसँग नजिक हुन पुगेकी प्रहरीले वताउँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार