Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

    विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 843
    SHARES

    नवलपरासी । विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकविरुद्ध पश्चिम नवलपरासी प्रहरीले मुद्दा दायर गरेको छ ।

    प्रहरीले सरावल गाउँपालिका ७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवविरुद्ध मुद्दा दायर गरेको हो ।



    यादवलाई पक्राउ गरेर बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार विद्यार्थीलाई निलडाम बस्ने गरी निर्घात कुटपिट गरेर फरार रहेका शिक्षकलाई पक्राउ गरेर मुद्दा दायर गरिएको छ।

    अभिभावकको जाहेरीको आधारमा शिक्षक यादवलाई प्रहरीले बालबालिकासम्बन्धि कसुरमा मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको हो ।

    कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई यादवले बालिकाकालाई विद्यालय नआएको भन्दै घर र विद्यालयमा निर्घात कुटपिट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार