Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – अर्थतन्त्रमा सुधार देखिन अझै समय लाग्छ

    प्रधानमन्त्री प्रचण्डले भने – अर्थतन्त्रमा सुधार देखिन अझै समय लाग्छ

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका छन्।

    बिहीबार आयोजित रेस्पोन्सिबल बिजनेस समिटमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिएको बताए।



    तर जनतामा आशाको सञ्चार नदेखिएको उनको भनाइ छ। उनले अर्थतन्त्र सुधारकालागि सरकारले विभिन्न नीतिहरु अबलम्बन गरेको र क्रमश त्यसको प्रतिफल देखिने क्रम रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,’तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ।अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु।’

    उनले अर्थतन्त्र सुधारकालागि आफूले देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसन्चार गर्न प्रयास गरिरहेको बताए । अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार