Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • वीरगन्जमा बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना पुष्टि

    वीरगन्जमा बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना अस्पतालमा बिहान मृत्यु भएका वृद्धको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा  रिपाेर्ट पाेजेटिभ देखिएकाे नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

    कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । दमका रोगी ती वृद्धमा बिहीबार साँझ ज्वरोका साथसाथै स्वासप्रश्‍वासमा समस्या देखिएको थियो । वीरगन्ज महानगरपालिका–३ का अध्यक्ष बैजु स्वर्णकारका अनुसार आदर्शनगरमा रहेको एड्भान्स मेडिकेयर हस्पिटलमा उपचार सम्भव नभएपछि उनलाई नेशनल मेडिकल कलेज लगिएको थियो ।



    कलेजले भर्ना गर्न नमानेपछि बिहीबार साँझ कोरोना अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार बिहान वृद्धको कोरोना अस्पतालमा मृत्यु भएको चिकित्सकले जनाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार