Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • अर्थतन्त्र सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा छु : प्रधानमन्त्री प्रचण्ड

    अर्थतन्त्र सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 621
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार भएको देखिएपनि जनतामा आशाको रक्तसञ्चार हुन नसकेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको बताए ।



    अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको प्रधानमन्त्री प्रचण्डले बताए।उनले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको छु ।’

    प्रधानमन्त्री प्रचण्डले उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको बताए।

    सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गरे। सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गरे।

    सरकार राष्ट्रिय व्यवसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार