Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 735
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्न लागेको हो ।

    बैठकमा एनसेल शेयर खरिद बिक्री र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एनसेलले शंकास्पदरुपमा शेयर खरिद बिक्री गरेको भन्दै सर्वत्र आलोचना र बहस भइरहेको छ ।



    आजियाटा समूहले तीन दिनअघि मात्र एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो ।



    नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने एनसेलको कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै छानविन गर्न निर्देशन दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार