Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्, तत्काल युद्ध रोकियोस : संयुक्त राष्ट्रसंघ

    गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्, तत्काल युद्ध रोकियोस : संयुक्त राष्ट्रसंघ

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 717
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुखले गाजापट्टीका प्यालेस्टाइनीहरू ‘अत्यन्तै गम्भीर त्रास’मा बाँचिरहेको बताउँदै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् ।

    मानव अधिकार प्रमुख भोल्कर तुर्कले भने, “यस्तो ‘सर्वनाशकारी’ मानवीय परिस्थितिहरूमा, अपराध र अत्याचारहरू हुने उच्च जोखिम छ ।



    बुधबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भने, “गाजामा प्यालेस्टिनीहरू चरम र गहिरो त्रासमा बाँचिरहेका छन् । गाजाका नागरिकहरूमाथि इजरायलले निरन्तर बमबारी गरिरहेको छ र सामूहिक रूपमा दण्डित गरिएको छ । उनीहरू मृत्यु, घेराबन्दी, विनाश र खाद्यान्न, पानी, जीवनरक्षक चिकित्सा सामग्री र अन्य अत्यावश्यक वस्तुहरू जस्ता अति आवश्यक मानवीय आवश्यकताहरूबाट ठूलो मात्रामा बञ्चित छन् ।”



    प्यालेस्टाइनी इलाकामा बसोबास गर्ने २२ लाख मानिसमध्ये १९ लाख विस्थापित भएको र उनीहरूलाई अस्वास्थ्यकर र अस्वस्थ परिस्थितिमा दक्षिणी गाजामा निरन्तर घट्दो र अत्यधिक भीडभाड हुने स्थानमा धकेलिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार