Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १५ हजार ८१४ पुग्याे, आज ४२५ जना डिस्चार्ज

    कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १५ हजार ८१४ पुग्याे, आज ४२५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा आज ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार ८१४ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा ४२५ जनाले देशभरका विभिन्न अस्पतालबाट काेराेना भाइरसलाइ पराजित गरेर घर फर्किएका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।



    यसैबीच नेपालमा आज थप ४६४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार