Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद

    अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 606
    SHARES

    काभ्रेपलाञ्चोक । प्रहरीले काभ्रेपलाञ्चोकबाट राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ।

    इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा चिनी बरामद गरेको हो ।



    सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।



    बस र चालकबारे थप अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार