Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपाली युवाहरुलाई रुसी सेनामा लैजाने १२ जना पक्राउ

    नेपाली युवाहरुलाई रुसी सेनामा लैजाने १२ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेपाली युवाहरुलाई रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं प्रहरी परिसरका अनुसार भिजिट भिसा’मा नेपालीहरुलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई काठमाडौँको लैनचौर, ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन् ।



    उनीहरुले भिजिट भिसामा नेपालीहरुलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सहयोग गरेको आरोप छ । उनीहरुमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

    रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरुको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको थियो भने एकजना नेपाली युक्रेनी सेनाको निययन्त्रणमा छन् । रकारले नेपालीलाई रुसी सेनामा भर्ती नगर्न र भर्ती भएका युवालाई समेत फिर्ता पठाउन रुसलाई कूटनीतिक नोट पठाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार