Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एनसेल खरिद-बिक्रीबारे सरकारले भन्यो – छानबिन हुँदैछ, कडा कारबाही हुन्छ

    एनसेल खरिद-बिक्रीबारे सरकारले भन्यो – छानबिन हुँदैछ, कडा कारबाही हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 828
    SHARES

    काठमाडौं । सरकारले एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने जानकारी दिएकी हुन् ।

    ‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।



    सरकारले अध्ययन तथा छानबिनबाट कुनै प्रकारको अनियमितता भएको पाइए कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।



    मन्त्री शर्माका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सोमबार नै छानबिनका लागि निर्देशन दिइसकेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्डले राखेको सत्ता गठबन्धनको बैठकले पनि एनसेलको सेयर ब्रिकीबारे गम्भीर अध्ययन र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार