Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुन तस्करी प्रकरण : छानबिन समितिले बयानका लागि बोलायो महरा पुत्र राहुललाई

    सुन तस्करी प्रकरण : छानबिन समितिले बयानका लागि बोलायो महरा पुत्र राहुललाई

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 663
    SHARES

    काठमाडौं । विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबीन गर्न बनेको उच्चस्तरीय समितिले संलग्नहरुको बयान लिन थालेको छ ।

    समितिले आज पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको हो।



    विद्युतीय चुरोट ‘भेप’मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।



    राहुललाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको बताईएको छ।

    राहुललाई सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइने छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।

    महरा पुत्र राहुलले सुनसहितको भेप छुटाउन विमानस्थल भन्सार कार्यालय पुगेर अधिकारीहरुलाई पटक–पटक दबाब दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । २६ असोजमा उनलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार