Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • एनसेलको शेयर बिक्रीका विषयमा सरकारलाई जानकारी छैन : अर्थमन्त्री महत

    एनसेलको शेयर बिक्रीका विषयमा सरकारलाई जानकारी छैन : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 663
    SHARES

    चितवन । अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेलको शेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छन् ।

    चितवनमा पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको दाबी गरे ।



    अर्थमन्त्री महतले भने,‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ।’



    आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै अर्थमन्त्री महतले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको बताए ।

    फरक प्रसङ्गमा अर्थमन्त्री महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पारे। यसबाट वातावरणमा नकारात्मक प्रभाव नहुने गरी देशले फाइदा कसरी उठाउन सक्छ भन्ने विषय भएको उनले बताए ।

    सम्भावनाको अध्ययन गरेर वातावरणलाई क्षति नहुने गरेर यस्तो किसिमको आफ्नो उपभोगका लागि र निर्यात गरेर आम्दानी गर्नका लागि पनि सम्भावना भएको ठाउँमा सम्भावनाको उपभोग गर्नुपर्छ भन्नेमा सरकार रहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार