Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड

    भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 384
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा चिसोले मानिसको मृत्यु भएकोबारे पनि संख्या बढाइचढाइ हल्ला फैलाइएको गुनासो गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘जाजरकोटमा मृत्यु भएको भनिएका सबै चिसोले मरेका होइनन् । ३÷४ जना त कालगतिले मरेको भनिएको छ, मुख्यमन्त्रीसँग कुरा गर्दा त्यही भनेका छन् ।’

    उनले मृत्यु भएका भनिएका सबैको चिसोका कारण नभइ कतिपयको कालगतिले मृत्यु भएको प्रस्ट पारे ।

    अस्थायी आवास बनाउन समस्या भएकाहरुको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने पनि प्रधानमन्त्री प्रचण्डले प्रस्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार