Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • साइबर ब्यूरोले भन्यो – विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनू

    साइबर ब्यूरोले भन्यो – विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनू

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 708
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ ।

    विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले सचेत गराएको हो ।



    पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ ।



    गैरकानुनी रुपमा रकम पठाउनेहरुले फ्रड तथा स्क्याम मनीको रुपमा आर्जित रकम वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको बैंक खातामा जम्मा गर्ने गरेको खुलेको साइबर ब्यूरोले जनाएको छ।

    यसरी विदेशमा दुःख–परिश्रम गरी कमाएको रकम फ्रड-स्क्याम रकम मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुने प्रहरीको भनाई छ ।

    त्यसैले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्यूरोले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार