काठमाडौं । जन्म मितिको विवादमा मुछिएकानेपाली सेनाका उपरथी अशोक सिग्देललाई रथी पदमा बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरिएको छ ।
नेपाली सेनाको जंगीअड्डाले सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको हो । उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सेनाले केही दिन अगाडी सूचना निकालेको थियो । सूचना निकालेको सात दिनपछि जंगीअड्डाले बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश भएर निर्णय हुनेछ ।
यसअघि बढुवा सिफारिसका लागि जंगीअड्डाले सूचना निकालेका उपरथी ताराध्वज पाण्डेले उमेर विवाद सतहमा आएपछि राजीनामा दिएका थिए । पाण्डेको राजीनामापछि सिग्देल भावी प्रधानसेनापति बन्ने दौडधुपमा लागेका छन् ।
रथीमा बढुवा भएमा उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् । तर नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
Leave a Reply