Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संक्रमित ह्वात्तै बढेपछि लहानमा साउन मसान्तसम्म कर्फ्यु

    संक्रमित ह्वात्तै बढेपछि लहानमा साउन मसान्तसम्म कर्फ्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.8K
    SHARES

    Photo Google

    सिरहा । जिल्लाकाे लहान नगरपालिकाले नगर क्षेत्रभित्र नौ दिनका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । पछिल्लो समय नगरपालिका-८ का एक जनासहित नगर क्षेत्रका २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा संक्रमण फैलिरहेकाले छ ।

    नगर कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए । वडा ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब सङ्कलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार